
सुर्खेत । सेभ द चिल्डे«नको साझेदारी, बराहतालगाउँपालिका सुर्खेतको समन्वय र समाजजागरण केन्द्र(स्याक) नेपाल द्धारा बराहतालगाउँपालिकामा संचालित POWER4AY / My Forest Child परियोजनाको अर्धवार्षिक समिक्षा साथै परियोजना सल्लाहाकार समितिको वैठक बराहताल गाउँपालिकामा सम्पन्न गरिएको छ ।
बराहताल गाउँपालिकाको अध्यक्ष भिम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष लक्ष्मीपुन मगर, प्रमुख प्रशासकियअधिकृत प्रेम बहादुर डि.सि, सामाजिक विकास समितिका संयोजकतथा बराहताल वडा नं ५ का वडा अध्यक्ष धिमबहादुर जोल्मी, स्याक नेपालका कार्यसमिति सदस्यनवराज खड्का , कार्यकारी निर्देशक टीकाराम आचार्य लगायत गाउँपालिकाको विषयगत शाखा प्रमुख तथा प्रतिनीधि, डिभिजन वनकार्यलय बराहताल इन्चार्ज र कार्यक्रमको लक्षिम समुदायका युवा उद्यमी लगायत स्थानिययुवा संचालको कार्यक्रममा सहभागिता रहेको थियो ।
परियोजना सल्लाहकार समितिले परियोजनाले संचालन गरेका गतिविधिहरुको स्थलगत जानकारीका लागि परियोजनाका कर्मचारी सहित संयुक्त अनुगमन समेत गरेको थियो । अनुगमनका क्रममा बराहताल गाउँपालिका र POWER4AY रियोजनाको संयुक्त लगानीमा बराहताल ५ बड्चिौर क्षेत्रमा शौचालयनभएका विपन्न परिवारको लागि निर्माण गरिएको शौचालय, परियोजन मामार्फत सहयोग प्राप्त युवा उद्यमीहरुको विभिन्न व्यवसाय र My Forest Child परियोजनामार्फत स्थापना गरीएको नर्सरीको अवलोकन सहितलक्षित समुदाय सँग कार्यक्रमको प्रभावकारीताको वारेमा छलफल तथाअन्तरक्रिया समेत गरिएको थियो ।
संयुक्त अनुगमन पश्चात आयोजित परियोजना सल्लाहाकार समितिको वैठकमा POWER4AY रियोजना र My Forest Child परियोजनामार्फत सन् २०२४ जनवरी देखि हाल सम्म परियोजना मार्फत सम्पन्न क्रियाकलाप र प्राप्त उलव्धिको र आगामी कार्ययोजना वारेमा परियोजना संयोजक द्धय तेज सोनाम र सिर्जना पौडेल मार्फत प्रस्तुतीकरण गरिएको थियो ।
उक्त प्रस्तुतीकरण मार्फत POWER4AY परियोजना अन्तरर्गत ६ महिनाको अवधिमा १६ देखि २४ उमेर समुहका विद्यालयवाहिर रहेका २७ किशोरकिशोरी र युवाहरु छनौट गरी उनीहरुलाई जिवनउपयोगी सिपविकास तालिम, उद्यमविकास तालिमव्यवसाय स्थापनार्थ नगदतथा सामाग्री सहयोग प्रदानगरिएको, शौचालयनभएका १९ घरधुरीलाई पक्किशौचालयनिर्माण सम्पन्नगरि हस्तान्तरण गरिएको, विद्यालय छाड्न सक्ने संभावनाभएकातथाआर्थिक अवस्थाकमजोर परिवारका कक्षा ९ र १० माअध्यनरत १४ जनाविद्यार्थीहरुलाई नगर रु १२ हजारका दरले व्रसरी(शैक्षिक) सहयोग प्रदानगरिएको , भेरी माध्यामिकविद्याय बराहताल ४ तरंगामा २ कोठे वालिका मैत्रीशौचालनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको, आधाभुत स्वास्थ्यइकाई केन्द्र चेपाङ्मा जिर्ण २ कोठ शौचालयमर्मत संभार गरी हस्तान्तरण गरिएको साथै कक्षा ९ माअध्यनरत परियोजनालागु भएका भेरी मा.वि तरंगा, सरस्वतीमा.वि चेपाङ, जनज्योतीमा.विकुनाथरी र जनजागृतीमा.विदमारमा ८० जनाविद्यार्थीहरुको लागि २२ शत्रएकिकृत जिवनउपयोगी सिपविकास कक्षा र १०० जनाकक्षा ९ माअध्यरत विद्यार्थीहरुको लागि गणित र अंग्रजीविषयमा उपचारात्मक कक्षा संचालन साथ साथै गाउँपालिकाको वालविवाह न्युनिकरण रणनीति योजना तयारमा समेत परियोजनामार्फत सहयोग पुराइएको POWER4AY परियोजनाका परियोजना संयोजक तेज सोनामले जानकारी गराउनु भएको थियो ।
समितिको वैठकमा आफ्नो प्रस्तुतीकरण राख्दै My Forest Child परियोजनाकी संयोजक सिर्जना पौडेले कार्यक्रमले जलवायु परिवर्तको असर लाई कम गर्न कार्यक्षेत्रका १३ ओटा सामुदायिक वनउपोक्ता समितिको वार्षिक कार्ययोजना निर्माणमा सहजिकरण, कार्यक्रम लागु भएका वडा अन्तरर्गत सामुदायिक बन अन्तरर्गत वाढि पहिरो तथा अन्य जलवायु परिवर्तका असरले खाली रहेका जमिनमा वृक्षा रोपणका लागि ३ ओटा सामुदायिक नर्सरी स्थापन गरी स्थानिय जातका विभिन्न जडिवुटि योग्य विरुवा उत्पादन गरिएको, विद्यालय स्तमा जलवायु परिवर्तन र वातावरण संरक्षण सम्वन्धि तालिम प्राप्तशिक्षकहरु मामार्फत विभिन्न अभिमुखिकार्यक्रम संचालन गरिरहेका जानकारी गराउनु भएको,थियो ।
वैठकमा उपस्थित परियोजना सल्लाहकार समितिका सदस्य तथा स्थानिय सरकारका प्रतिनिधिहरुले कार्यक्रमले सन् २०२१ देखि नै बराहताल गाउँपालिका सँग सहकार्य गर्देै आफ्नो क्रियाकलापहरु संचालनगर्दै आइरहेको हुदा कार्यक्रम एकदमै प्रभावकारीता रहेका र अन्य परियोजना भन्दा POWER4AY परियोजना मार्फत साच्चैनै विद्यालय वाहिर रहेका बेरोजगार युवाहरुको लागि उनीहरुको चाहानअनुसारको उद्यमी बन्नको लागि प्रदान गरीने तालिमतथा सहयोगले रोजगारको लागिविदेशीने युवाहरुको संख्यामा कमी हुनुका साथै मर्यादित रोजगारीमा पनि टेवापुगेको व्यवसाय बाट प्राप्त आम्दानी मार्फत उनीहरुको वालवालिकामा लगाी समेत बढ्दै गएको हुदा परियोजनाको उपलव्धि सहजै रुपमा देखिने नमुन योग्य रहेको बताउनु भएको थियो ।
सल्लाहकार समितिको वैठकको अन्तमा गाउँपालिकाको अध्यक्ष भिम बहादु भण्डारीले स्याक नेपालले विगतलामो समय देखि यस बराहतालगाउँपालिकाको शिक्षा, स्वास्थ्य, रोजगार तथाविपद्को समयमा मानविय सहयोग समेत प्रदान गर्दै आईरहेको हुदा स्थानियर सकाकारले संस्था र संस्थामार्फत संचालित कार्यक्रमका कर्मचारीहरुलाई आफ्नो परिवारको सदस्यको रुपमा लाग्ने र विभिन्न समयमाआफुले पनि परियोजना अन्तरर्गत संचालित विभिन्न क्रियाकलापमा अनुगमन गरी आवश्यक सल्लाह सुझाव प्रदान गर्दै आईरहेको बताउनु भयो । साथै अध्यक्ष भण्डारीले परियोजना मार्फत प्राप्त उपलव्धि मार्फत आफुहरुले पनि नतिजामुखि युवा रोजगार कार्यक्रममा जोड दिनु पर्ने आजको संयुक्त अनुगमन बाट सिकाईको रुपमा लिएको र आगामी आ.व २०८१।२०८२ को वार्षिक नीति तथाकार्यक्रम मार्फत POWER4AY परियोजना प्राप्त उपलव्धिलाई गाउँपालिका मार्फत विस्तार गर्नको लागि विशेष पहल गरीने भन्दै संस्थाले गाउँपालकाको विकासको लागि पुराएको सहयोग, सहकार्य, समन्वय तथा साझेदारीका लागि धन्यावाद व्यक्त गर्नु भएको थियो ।
