सिम्ता १ मा ज्येष्ठ नागरिकलाई कम्बल वितरण


सुर्खेत, २४ जेठ ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. १ ले ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति, एकल महिला, विपन्न दलित समुदायका व्यक्तिहरुलाई कम्बल (बल्याङ्गकेट) वितरण गरेको छ ।
वडाका क बर्गका अपाङ्गता भएका ब्याक्ति, ८० बर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला,विपन्न दलितगरी १ सय ८५ जना लाई ब्लाङ्केट वितरण गरेको हो । वडा कार्यालयको चालु आर्थिक बर्षको विनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत वडाका मुख्य ४ स्थान (लुकई,सुन्तोला,घोरेटा र गान्द्रा ) टोलहरुमा गई ब्लाङ्केट,खादा,तथा फलफुल सहित सम्मान गरिको वडा अध्यक्ष यामराज शर्माले जानकारी दिनुभयो । भेटघाटका क्रममा ज्येष्ठ नागरिक हरुसँग आगामी दिनमा स्थानिय सरकारले गर्नुपर्ने कामहरुको बारेमा सोधपुछ गरि समाधान गर्ने प्रतिबद्धता गरिएको पनि अध्यक्ष शर्माले बताउनुभयो । चार वटै स्थानमा सँचालन भएको कार्यक्रममा वडा अध्यक्ष शर्मा सहित वडा सचिब लाल बहादुर बिक, वडा सदस्यहरु प्रेम सिह ठकुरी,वीर बहादुर बुढा,सीता कुमारी बिकको उपस्थिति रहेको थियो । विभिन्न टोल हुँदै आज खनेटामा वितरणपछि कार्यक्रम समापन गरिएको छ ।