
जेठ ९ सुर्खेत । वीरेन्द्रनगरमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रम समिक्षा तथा योजना तर्जूमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा कर्णाली प्रदेशमा भएको नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्वन्धी कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठी दुई दिन सम्म चलेको थियो ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मान कुमारी गुरुङ्गको अध्यक्षता तथा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ वहादुर पोखरेलको प्रमुख आतित्यतामा र प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति सुवेदीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकार तथा १० वटा जिल्लाका जनस्वास्य सेवाका कार्यालय प्रमुख तथा सामाजिक विकास मंन्त्रालयका मानसिक स्वास्थ्य फोकल प्रशन खगेन्द्र प्रकास गैरे, कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. शुसिल समदशीर्, प्रदेश आयूवेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख तथा प्रतिनिधी लगाएत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको प्रतिनिधित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको सहजिकरण स्वास्थ्य सेवा निदेशनालय कर्णाली प्रदेशका जनस्वास्थ्य निरक्षक एवम मानसिक रोग फोकल प्रशन किरण कुमार शर्मा र कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. शुसिल समर्दशीले गर्नु भएको थियो ।
मानसिक स्वास्यको अवस्था र प्रदेश सरकारको मानसिक स्वास्थ्य रणनितिक योजना कार्यान्यनमा विभिन्न साझेदार संघसंस्थाहरु संग मिलेर गरेको प्रयास र त्यसको समिक्षा एवम वजेट निमार्णको पुर्व संध्यामा मानसिक स्वास्थ्यमा वजेट किन जरुरी छ भन्ने विषयै केन्द्रीत रहको जनस्वास्थ्य निरक्षक एवम मानसिक रोग फोकल प्रशन किरण कुमार शर्मा ले वताउनु भयो ।
सहभागिहरु मध्य वाट कर्णाली प्रदेशमा अहिलेको वजेट प्रयाप्तता नभएको र वजेट वृद्धीको आवश्यक रहेको सुझाव समेत आएको थियो भने सरकारी स्तरवाट वजेट उपलव्धता रहेको तर प्रभावकारी कार्यान्व्यनमा केहि चुनौति रहेको प्रतिकृया थियो ।
