सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर २ मा रहेको दौलतपुर स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
दौलतपुर शहरी स्वास्थ्य केनद्र आयोजना तथा वीरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखा २ नम्वर वडाको सहयोग र समन्वयमा निशुल्क विषेशज्ञ शिविर संचालन गरिएको हो ।
शिविरमा स्त्रीरोग तथा प्रजनन्, सवास्थ्य समस्या सम्वन्धी जाँच, उपचार तथा परामर्श सेवा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण तथा आङ्ग खस्ने समस्याको जाँच तथा गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्सरे गरिएको स्वास्थ्य केन्द्रका प्रमुख पुस्कर खड्का्ले जानकारी दिनुभयो । यस क्षेत्रमा पिछडिएका, आर्थिक अवस्था कमजोर भएका, दलित, चौधरी तथा जनजातीको समुदाय भएकाले आर्थिक अभावमा स्वास्थ्य सेवाबाट वन्चित भएका नागरिकहरुलाई लक्षीत गरी शिबिर संचालन गरिएको उहाँको भनाई रहेको छ । स्वास्थ्य शिविरमा २ सय ७ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको १ सय ५३ जनाको औषधी उपचार, ३८ जना महिलाको निशुल्क भिडियो एक्सरे, गरिएको छ ।
शिविर कार्यक्रमका बोल्दै वडा नम्वर २ का वडा अध्यक्ष गज बहादुर बुढाले स्थानिय सरकार नागरिकहरु संग संगै रहेको बताउँदै नागरिकहरुको स्वास्थ्यको क्षेत्रमा आगामी वर्ष पनी यस्ता प्रकारका कार्यक्रमहरु संचालन गरिने बताउनुभयो ।
वडा अध्यक्ष बुढाको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक टिका घलेको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा वडाका अन्य जनप्रतिनिधी, वडा सचिव ईन्द्र प्रशाद अधिकारी, विषेशज्ञ डाक्टर, स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका पदाधिकारी, महिला स्वास्थ स्वयम सेविका तथा वडाका नागरिकहरुको सहभागिता रहेको थियो ।