केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

जेठ २६, काठमाण्डौ । आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको र यसकै कारण बिहान काठमाण्डौ उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी परेको महाशाखाले जनाएको छ ।