कर्णाली नदीमा पक्की पुल अलपत्र

असार १, हुम्ला । कर्णाली करिडोर खार्पुनाथ च्वाखोला नदीमा पक्की पुल निर्माण नहुँदा नदीबाटै गाडी तार्नुपर्ने बाध्यता छ । २०७८ भदौ महिनामा निर्माण कम्पनीसँग सम्झौता भएको पक्की पुल डेढ वर्ष बितिसक्दा पनि अलपत्र छ । पक्की पुल निर्माण नहुँदा खार्पुनाथ च्वाखोला नदीमा ट्याक्टर र स्काइभेटरले तानेर बोलेरो जीप तार्न गरेको पाइएको छ ।
पक्की पुल निर्माण नभएपछि कर्णाली नदीमा स्काइभेक्टरले बोलेरो जीप तारेर नदी पार गराएको नाम्खा गाउँपालिका–६ जाँङका कुन्जोक लामाले जानकारी दिनुभयो । लिमी एकता बहुउद्देश्यीय सहकारी संस्थाले खरिद गरेको जीप दुई दिनपछि जीप पार गरेको लामाले बताउनुभयो ।
काठमाडौं हुँदै हुम्लाको लिमी पु¥याउनु पर्ने जीप दुई खार्पुनाथमै रोकिएको लामाको भनाइ छ । शुक्रबार हिल्सा सिमकोट सडक योजनाले ल्याएको गाडी ट्याक्टरको सहायताले जीप तारिदिएको छ ।
समयमै पुल निर्माण नहुँदा हुम्ला जिल्ला अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । पुल निर्माण नहुँदा झलुंगे पुलबाट मोटरसाइकल वारपार गर्न बाध्य छन् ।