असार ३, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई पराजित गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।