जतिय विभेद र छुवाछुत न्युनिकरणका लागी दलित र गैर दलित विच अन्तरक्रिया सम्पन्न


सुर्खेत । जतिय विभेद र छुवाछुत न्युनिकरणका लागी दलित र गैर दलित विच १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा समाज रुपान्त्रणका लागी महिला अभियान केन्द्रको आयोजनाका उक्त कार्यक्रम गरिएको हो । आज वीरेन्द्रनगरमा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुुख निलकण्ठ खनालले समाजमा हुने विभिन्न विभेद हरुलाई न्युनीकरण गर्नका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु समुदाय स्तरमा गर्दै आएको बताउनुभयो । आगमी वर्षको लागी पनि पुर्वाधार विकास संग संगै सामाजिक सचेतनाका लागी पनी आवश्यक कार्यक्रम ल्याउने उहाँले बताउनु भयो ।
वीेरे्रनगर नगरपालिकाका १६ वटै वडाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधी, आमा समुह, महिला स्वास्थ्य स्वयम सेविका लगाएको सहभागिता रहेको थियो । माङ्मु लिम्बु र अधिबक्ता खगेन्द्र खनाले सहजीकरण गर्नुएको अन्तरक्रिया संस्थाकी अध्यक्ष लक्ष्मि विश्वकर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सामाजिक विकास समिति संयोजक टिका घले कार्यपालिका सदस्य लक्ष्मि चौधरी वडा नम्वर १० की वडा सदस्य सन्ध्या परियार लगाएत संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।