असार ४, सुर्खेत । सुर्खेतका तिन जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । प्रदेशको कृषि विकास निर्देशनालय सुर्खेतले मुल्यांकनका आधारमा तिन जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो ।
कृषि विकास निर्देशनालयले आज एक कार्यक्रमका विच आज मुख्यमन्त्री यामलाल कडेलले पुरस्कार प्रदान गर्नुभएको हो ।
किसान तर्फ गुर्भाकोट नगरपालिका–१३ मा दाजुभाइ कृषि तथा पशुपक्षि फम सञ्चालन गर्दै आएका गोविन्द वली, विरेन्द्रनगर ११ मा दुर्गा पुशु कृषि तथा पशु च्याउ फम सञ्चालन गरेका इमानसिंह बस्नेत र विरेन्द्रनगर ३ मा स्याम कृषि फम सञ्चालन गर्दै आएका स्याम पुरीलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।
उहाँहरुलाई नगद क्रमशः ५०, ३० र २० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
पुरस्कृत भएपछि विरेन्द्रनगर ११ का इमानसिंह बस्नेत उित्कृष्ट पुरस्कारले काम गर्ने हौसला मिलेको बताउनुभयो । उहाँले कृषी गर्दा विभिन्न प्रविधिसँगै, आर्थिक र स्थानीय स्रोत साधनको आवश्यक पर्ने भएकाले न्यून वर्गका किसानहरुलाई माथि उठाउन आगामि दिनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै, पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री यामलाल कडेलले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताउनुभयो । मुख्यमन्त्री कडेलले कृषि क्षेत्रलाई थप व्यवसायिक, प्रतिसप्रधी एवम् कृषि उपजको बजारीकरण गर्न सकिए मात्रै कर्णालीको विकास र समृद्धि हुने बताउनुभयो ।
उहाँले किसानले उत्पादन गरेका कृषि वस्तुमा विचौलिया हावी हुदा कृषिले बजार नपाउने अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ कृषी मन्त्रालयलाई ध्यान दिन आग्रह गर्नुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले यो पुरस्कारले पुरस्कृत किसानलाई अझ मेहनत गर्न हौसाला प्रधान गर्नको लागि यो कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले प्रदेशमा कुन ठाउँमा र स्थान अनूसार कस्तो कृषि गर्दा उपयुक्त हुन्छ भन्नेकुरामा अहिले मन्त्रालय छलफल गरिरहेको बताउनुभयो ।
