रुकुममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते

रुकुम, २९ असार (जागरण) । रुकुम पश्चिममा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनाम १६ जना घाइते भएका छन् ।
मुसीकोटस्थित सल्ले बसपार्कबाट मुलखोलाका लागी छुटेको ना ५ ख ६५१० नम्बरको बस आज दुर्घटनामा परेको हो ।
सोही क्रममा मुसीकोट नगरपालिका–१, छिङकी २४ वर्षीया सपना मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते १६ जनामध्ये गम्भिर चोट लागेका ४ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । १२ जनाको भने जिल्ला अस्पताल सल्लेमा नै उपचार भइरहेको छ ।