काठमाण्डौ, २ चैत (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो ४ महिनामा ३४ जना लागु औषध विक्रिकर्ता र सेवनकर्तालाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलन गरेर २८ जना ब्राउनसुगर र ६ जनालाई चरेश सहित पक्राउ गरिएको जानकारी दिएको हो ।
पछिल्लो समयमा सुर्खेतमा विक्रीकर्ता र प्रयोगकर्ता बढेसंगै यसको रोकथामको लागी विशेष किसिमले निगरानी बढाईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले लागुऔषध विक्रि गर्नेलाई नियम अनुसार कडा कारबाही गर्ने र प्रयोगकर्तालाई लागुऔषध प्रयोग गर्दा हुने नोक्सानीका बारेमा जानकारी दिने गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख चर्तुवेदीले विना अनुमति घरेलु मदिरा बेच्दा घरेलु हिंसा बढ्दै गईरहेको भन्दै मदिरा नष्ट गर्ने अभियान पनि प्रहरीले जारी राखेको बताउनु भयो ।
आर्थिक वर्ष २०७४÷०७५ को पछिल्लो ४ महिनाको अवधीमा नियम विपरीत काम गर्ने जिल्लाभरमा ८ हजार ७ सय १९ जनालाई कारबाही गरिएको र ५१ लाख ३५ हजार ५ सय रुपैया राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
४ महिनाको अवधीमा १ सय ५४ जना व्यक्ति हराएकोमा १ सय जना मात्रै भेटिएको प्रहरीको भनाई छ। हराउनेहरुमा सबैभन्दा धेरै महिला रहेका छन् ।
यसैगरी २३ वटा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको र २७ जना गम्भीर घाईते र २८ जना सामान्य घाईते भएको जनाएको छ ।