सुर्खेत, २२ असार ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजना तथा कर्णाली मिडियाको सहजीकरणमा आज सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सेवाग्राहीहरुले योजनाको उपभोक्ता समिति गठन गर्दा लावान्वित समुदायको भेलाबाट गर्नुपर्ने, वडा भित्रका सडकहरुको स्तरोन्नती गर्नुपर्ने, खानेपानी विद्युतको समस्या समाधान गर्नुपर्ने, सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने, वडा कार्यालयको भवन साँघुरो भएकाले नयाँ ठाउँमा सर्ने वा त्यसै ठाउँमा निर्माण गर्ने निक्र्यौल गर्नुपर्ने लगायतका सवालमा जिज्ञासा राखेका थिए । यस्तै लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, लागू औषध दूव्र्यसनी न्यूनीकरणका कार्यक्र सञ्चालन गर्नुपर्ने, कृष्ण सामुदायिक mवन उपभोक्ता समिति र त्रिपुरेश्वर माध्यामिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्ने, नगर योजनाका सडकहरुको लगत कट्टा गर्नुपर्ने सवालहरु कार्यक्रममा उठाइएको थियो । सहभागीहरुले उठाएको जिज्ञासाको जवाफमा वडा अध्यक्ष दिनेश खत्रीले वडाको विकासका लागि सिमित स्रोत साधन र अपेक्षा धेरै भएकाले सोचे अनुरुप हुन नसकेको बताउनुभयो । वडाको विकासका लागि प्रदेश र संघीय सरकारसंग समन्वयकारी भूमिका खेलिरहेको वडा अध्यक्ष खत्रीले बताउनुभयो । सेवा प्रवाहलाई चुस्त द्रुस्त बनाउनका लागि वडावासीले दिएका सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडा सचिव कल्पना लामाले चालु आर्थिक बर्षमा वडाबाट भएको सेवा प्रवाह, विकास निर्माण र कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । वडाबाट विनियोजित योजना तथा कार्यक्रम सबैजसो सम्पन्न भैसकेको उहाँले जानकारी गराउनुभयो । वडा सदस्यहरु हरि पौडेल, दिपेश गिरी, मनमाया वि.क र बेलु दर्लामीले वडाको विकास र सेवा प्रवाहका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो । वडा प्राविधिक दिपक घिमिरे, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख योगेन्द्र बलमले पनि सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले उठाएका सवालहरुका आधारमा विभिन्न चार वटा लिखित प्रतिबद्धता गरिएको छ । वडाबाट कार्यन्वयन गर्ने योजनामा उपभोक्ता समिति गठन गर्दा अधिकतम लाभग्राहीहरुको भेलागराई निष्पक्ष रुपमा समिति गठन गर्ने, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, टोल विकास संस्थाहरुको क्षमता अभिबृद्धि गरी वडाको विकासमा सक्रिय बनाउने र लक्षित वर्ग कार्यक्रमहरुलाई प्रभावकारी थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।