कर्णालीमा ५ दिनदेखि हवाइ सेवा ठप्प, सबै राजमार्ग अवरुद्ध, भूकम्पपीडितलाई सास्ती

असार २३, सुर्खेत । अविरल वर्षाका कारण कर्णालीका सबै हिमाली जिल्लामा हवाइ सेवा ठप्प भएको छ भने कर्णाली, मध्यपहाडी, मदन भण्डारी र राप्ती राजमार्ग तथा भेरी र कर्णाली करिडोर अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १० र राप्ती राजमार्गमा ९, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउककमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वर्षा आइतबार पनि जारी रहेका कारण राजमार्गहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले नेपालगन्ज र सुर्खेतबाट हुने सबै हवाइ उडान रोकिएको रारा विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।
उहाँका अनुसार हुम्ला र मुगुमा नेपालगन्ज र सुर्खेतबाट तारा, समिट र सिता एयरलाइन्सले उडान भर्दै आएका छन् । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत दैलेख—कालीकोट खण्डको दहीखोला, गगनेखोला, कालाखोला, हुल्मलगायत ठाउककमा पहिरो गएको छ ।
त्यस्तै राप्ती राजमार्गको चोरखोला, अरिंगालेफेदी, सिमखोलीलगायत ठाउककमा पहिरो खसेको छ । जसका कारण विभिन्न राजमार्गमा मात्रै करिब दुई सय सवारी साधन बीच बाटोमै रोकिएको प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी अर्जुनबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण मानवीय क्षति नभए पनि झण्डै १ घर बाढीपहिरोको उच्च जोखिममा छन् । जोखिममा रहेका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न थालिएको उनले जानकारी दिनुभयो ।
यस्तै, वर्षापछि जाजरकोट र रुकुम पश्चिममा अस्थथायी टहरामा बस्दै आएका भूकम्पपीडितको बेहाल छ । ‘टहराभरि पानी चुहिएको छ, यहाकक त बस्नै समस्या भयो,’ जाजरकोटको भेरी नगरपालिका—१ का लालबहादुर महरले भने, ‘त्यसैले चर्किएको घरमा फेरि फर्कनुप¥यो, घरमा पनि भित्ताहरु चर्किएकै ठाउककमा पानी परेर रसाउन थालेको छ, कुन दिन भत्किने हो भन्ने चिन्तै चिन्तामा बस्नुपरेको छ,’ नलगाड नगरपालिका —४ का हस्तबहादुर विकले टहरामा पानी चुहिएरै सुत्नै नसकिने अवस्था आएको बताउनुभयो ।
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–१४ की कृष्णा विकले अस्थायी टहरोको टिनबाट पानी भित्र परेर कपडा र अन्नपात मुस्किल भएको बताउनुभयो । अहिले अधिकांश भूकम्पपीडितहरुले वनजंगलको छेउमा, खोलाकिनारमा, बारीको छेउमा र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेका छन् । जसका कारण बाढीपहिरोको ठूलो जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश महासचिव नरबहादुर नेपालीले बताउनुभयो ।