
सुर्खेत । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २५ औँ स्थापना दिवशको अवशरमा सुर्खेतमा पनी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।
मनव अधिकार एलाईन्स कर्णाली प्रदेश तथा सुर्खेत जिल्लाको अयोजनामा कार्यक्रम संचालन गरिएको हो । नेकपा एमालेको जनबर्गिय संगठनको रुपमा समेत रहेको मानव अधिकार एलाईन्स २०५६ सालमा स्थापना भएको थियो । कार्यक्रमको बारेमा प्रकास पार्दै एलाईन्सकी केन्द्रीय सदस्य समेत रहनु भएकी पबित्रा शाहिले एलाईन्सले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पैरवी तथा वकालत गर्दै आएको बताउनुभयो ।
एलाईन्सका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका ईन्चार्ज समेत रहनु भएका टिकाराम आचार्यले ससस्त्र द्वन्दका समयमा स्थापना भएको यस एलाईन्सले सामाजिक न्यायको पक्षमा उल्लेखनिय काम गर्दै आएको र आगामी दिनमा पनी मानव अधिकार र न्यायको पक्षमा महत्वपुर्ण काम गर्ने उल्लेख गर्नुभयो । अहिले एलाईन्सको जिल्ला तथा कर्णालीका विभिन्न पालिकाहरुमा पनी संजाल स्थापना भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमाले कर्णाली प्रदेश कमिटिका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य टेकराज पछाईले, मानव अधिकारको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि शक्रीय रुपमा काम गर्नु पर्ने बिचार व्यक्त गर्नुभयो
राज्यको शासन ब्यवस्था लाई पनि ब्यवस्थित बनाउन एलाइन्सको महत्त्वपूर्ण भुमिका रहेको उहाँले उल्लेख गर्नुभयो । एलाईन्से मानव अधिकारको पाटोलाई थप बलियो बनाउदै लग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
मानव अधिकारका क्षेत्रमा बनेका विभिन्न कानुनहरुको यथोचित रुपमा पालना तथा कार्यान्वयन हुन नसकेको बताउँदै उपाध्यक्ष पछाईले यस तर्फ पनी ध्यान दिन आवश्यक रहेको आंैल्याउनुभयो ।
मानव अधिकार एलाईन्स कर्णाली प्रदेशका अध्यक्ष नविन शाहिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पार्टिका विभिन्न संठगन पदधिकारी, एलाईन्स्मा आवद्ध विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने नागरिकहरुको सहभागिता रहेको थियो