सुर्खेत । दृष्टिविहिनहरुको समावेशीकरणका लागि र शसक्तिकरण परियोजना अन्तरगत स्थानिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ । बुधबार नेपाल नेत्रहिन संघको आयोजनमा वीरेन्द्रनगरमा भएको बैठकमा वीरेन्द्रनगर नगर पालिकाका नगर प्रमुख मोहनमाया ढकालले समितिको बैठकले निति निर्माण तहमा थप दायित्व बोध भएको बताउनुभयो ।
अपांगताको क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले पनी विभिन्न कार्यक्रम संचालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । अहिले नगरपालिकाले अपांगताको क्षेत्रमा प्रोफाईन निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अपांगता भएका व्यक्तीहरुलाई रोजगार तथा स्थानिय उत्पादनमा लगाई आए आर्जन मुलक काममा के कसरी जोड्न सकिन्छ भन्ने विषयमा नेपाल नेत्रहिन संघ संग सुझाव समेत माग्नुभयो । अहिले नगरपालिकाले अपांगतामैत्री सडक निर्माणको निति निर्माण गरी सोही अनुसार काम गरिरहेको समेत नगर प्रमुख ढकालले जानकारी दिनुभयो ।
महिला तथा बालबालिका शाखा वीरेन्द्रनगरकी प्रमुख सरला रेग्मीले दृष्टि विहिनहरुको क्षेत्रमा नगरपालिकाले गरेको कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक विरेन्द्र विर विश्वकर्माला विषेश गरी अपांगता भएका व्यक्तीहरुलाई सार्वजनिक यातायातमा सवार गर्दा विभिन्न दुःख हुने गरेको बताउँदै यस्तो दुःख परेमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नुभयो । राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रशाद शर्माले स्थानिय तह तथा प्रदेश सरकारले अपांगता भएकाहरुको क्षेत्रमा नितिगि व्यवस्था गर्नुपर्ने बताउनुभयो । स्थानिय सरकार संचालन ऐनमा पनी अपंगता भएकोहरुको विभिन्न व्यवस्था गरेको हुदाँ यसको कार्यान्वयन तर्फ पनी ध्यान आवश्यक रहेको आँैल्याउनुभयो ।
जिल्ला समन्वय समितीका उप्रमुख सचिन बडुवालले स्थानियहरुले कानुन निर्माण गर्ने तर्फ ध्यान दिन नसकेको बताउनुभयो ।
कार्याक्रमा नेपाल नेत्रहिन संघका सल्लाहकार खोमराज शर्माले प्रस्तुतिकरण गर्नु भएको कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।