कर्णाली प्रदेश सरकारले पुर्णता पायो

साउन २०, सुर्खेत । कर्णाली प्रदेश सरकारले पायो पुर्णता पाएको छ ।

नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरे संगै कर्णाली प्रदेश सरकारले पुर्णता पाएको हो ।सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा रहनुभएको छ । नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।