कार्यसम्पादनमा कर्णालीका ७ जिल्ला प्रशासन कार्यालयले ल्याए ९० भन्दा बढी अंक, रुकुम पश्चिम उत्कृष्ट १० को सूचीभित्र

साउन २३, सुर्खेत । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।
कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६ दशमलव २५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ ।
कर्णालीका दश जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम उत्कृष्ट १० को सूचीभित्र परेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले ९७ दशमलव ५ अंक ल्याएर कर्णाली प्रदेशमा पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय डोल्पा ९५ दशमलव १२५ अंक ल्याएर दोस्रो स्थानमा छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले ९३ दशमलव १८७५ अंक ल्याउदा, जिल्ला प्रशासन कार्यालय मुगुले ९२ दशमलव ६२५, जुम्ला जिल्ला प्रशासन कार्यालयले ९१ दशमलव ७५, जिल्ला प्रशासन कार्यालयले सल्यान ९१ दशमलव ६२५ अंक ल्याएको छ भने, जिल्ला प्रशासन कार्यालय जाजरकोटले ९८ दशमलव ५७ ल्याएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय कालिकोटले ८७ दशमलव २५ अंक ल्याउदा , जिल्ला प्रशासन कार्यालय हुम्लाले ८५ दशमलव ५ अंक र जिल्ला प्रशासन कार्यालय दैलेख ७१ दशमलव ६८७५ अंकसहित अन्तिम स्थानमा छ ।