सुर्खेत । विरेन्द्रनगरमा रहेको सुर्खेत अस्पतालमा एक दिने निशुल्क नवजात शिशु तथा बालरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
सुर्खेत अस्पतालको आयोजनामा यहि भदौ २२ गते शनिबारका दिन बिहान १० बजे देखी ४ बजेसम्म संचालन गरीने शिविरमा कान्तीबाल अस्पताल महाराजगंज काठमान्डौंका बालरोग विशेषज्ञ डा.त्रिभुवन भट्टराईले डाक्टरी सेवा दिइने बताईएको छ ।
शिविरमा दम, ?घाखोकी लागी रहने ,घ्यार घ्यार भइरहने, नाक बन्दहुने, निमोनिया, एलर्जी, खाना नखाने, तौल नबढ्ने, बारम्बार ज्वरो आइरहने, झाडापखाला लागीरहने, जन्डीस, पेट दुख्ने, अपच, कब्जीएत, कान पाक्ने लगाएत रोगह?को उपचार गरिनुका साथै शिबिरमा निशुल्क ओपिडी टिकटको समेत व्यवस्था रहेको सुर्खेत अस्पतालले जनाएको छ ।
शिविरमा सहभागीलाई ल्याब सहित सादा तथा भिडियो एक्सरेमा १० प्रतिशत छुट समेत दिइने भएकाले आफ्ना बालकालीकालाई पनी निशुल्क जाँच तथा परामर्श लिनका लागी अग्रिम नाम लेखाई मौकाको फाईदा उठाउन समेत अस्पतालले आग्रह गरेको छ ।