पहिरो खसेपछि थुनिएको हुम्लाको कुवाडी नदी बग्न थाल्यो

भदौ १४, सुर्खेत । खसेपछि थुनिएको बाजुराको कुवाडी नदी बग्न थालेको छ । पहिरोका कारण दुई घण्टा थुनिएको नदी पुरानै अवस्थामा फर्किएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पहिरो खसेपछि कुवाडी नदी आज बिहान साढे १० बजेदेखि थुनिएको थियो । पहिराले थुनिएको नदी विस्तारै बग्न थालेको हो ।
बाजुराको हिमाली गाउँपालिका–२ मा रहेको राक्षस तालबाट आउने उक्त नदी पहिरोले थुनिएको अनुमान गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
हिमाली गाउँपालिका–२, रुम्दी भएर बग्ने नदी ताजाकोट गाउँपालिका–२ मा एक्कासी सुकेपछि प्रहरी चौकी मैलाकवाडीबाट प्रहरी सहायक निरीक्षक गोपालबहादुर वलीको कमाण्डमा चार जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।