युवा संघ सुर्खेतद्वारा रक्तदान

सुर्खेत १५ भदाै ।
राष्ट्रिय युवा संघ नेपाल सुर्खेत जिल्ला कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
वीरेन्रनगरस्थित नगर अस्पतालमा शनिवार विहान रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मोहोनमाया ढकालले कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । कार्यक्रम उद्घाटनका क्रममा  प्रमुख  ढकालले युवा संघले समाजमा सकरात्मक उर्जा दिने खालका कार्यक्रम गर्न आवश्यक रहेकाे बताउनुभयाे । युवा जाेशलाई सकरात्मक ढंगले प्रयाेग गर्न सकेमात्रै देश बन्ने भन्दै त्यसका लागि युवा संघले नेतृत्व गर्न आवश्यक रहेकाेमा जाेड दिनुभयाे । रक्तदानजस्ताे समाज सेवाकाे काम गरेकाे भन्दै युवा संघ सुर्खेतबाट अरुले पनि सिक्नुपर्ने उहाँले बताउनुभयाे । राष्ट्रिय स्वास्थकमी महासँघ नेपाल र नेपाल रेडक्रस सोसाईटी सुर्खेतकाे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे युवा संघ सुर्खेतका अध्यक्ष बासु आचार्यले जानकारी दिनुभयाे ।