भदौ १५, सुर्खेत ।
सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकाका बिभिन्न सात वटा बिद्यालयमा शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि साइबर अपराध तथा लागुऔषध दुव्र्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सञ्जाल र अनलाइन अभ्यस्तता बढेसँगै बढेको साइबर अपराध र युवाहरूमा बढ्दो लागु औषध दुव्र्यसनी अन्त्य गर्न भेरीगंगा १० स्थित प्रभात माध्यमिक बिद्यालय थानीचौर, जनज्योती माध्यमिक बिद्यालय भेरीगंगा ९, शिखर माध्यमिक बिद्यालय भेरीगंगा ११, जीवनज्योती माध्यमिक बिद्यालय लेकबेशी ४ मा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गुर्भाकोट ६ बडाखोली, जनसेवा माध्यमिक बिद्यालय गुर्भाकोट ९, भेरी माध्यमिक बिद्यालय गुर्भाकोट १०, कार्यक्रम सञ्चालन गरियो ।
एफ.सि.डि.यो को आर्थिक सहयोग तथा भिएसओ नेपाल र ब्रिटिश काउन्सील नेपाल संगको सहकार्यमा आसमान नेपाल द्धारा सञ्चालित बालिका शिक्षाको दिगोपना र मुलप्रवाहीकरणका लागि शसक्तिकरण परियोजना अन्तरगत इलाका प्रहरी कार्यालय छिन्चु संगको समन्वयमा भएको सचेतना मुलक कार्यक्रममा सात बिद्यालयमा माध्यमिक तहमा अध्ययनरत करिब सात सय भन्दा बढी बिद्यार्थीहरुको सहभागिता रहेको आसमान नेपालका कार्यक्रम संयोजक सुनिता बोहराले जानकारी दिनुभयो । साथै कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र बिद्यालय व्यवस्थापन समितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मन्दिप चौहानले सहजिकरण गरेको सचेतनामुलक कार्यक्रममा साइबर अपराध के हो, यसका कानुनी सजायहरू के छन् र दुव्र्यशनी के हो, दुव्र्यशनीबाट युवाहरुलाई जोगाउन क कसको भुमिका कस्तो रहन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । हेर्दा सामान्य लाग्ने तर साइबर अपराध र लागु औषध दुव्र्यसनी जस्ता समस्याले दीर्घकालीन असर गर्ने कुरामा युवाहरूलाई सचेत गराउन यस्ता सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइएको चौहानले बताउनुभयो । कार्यक्रममा सहभागि पश्चात बिद्यालय स्तरमा भएको सचेतनामुलक कार्यक्रमले युवाहरुलाई दुव्र्यशनीबाट जोगाउन सहयोग पुग्ने प्रभात माध्यमिक बिद्यालयमा प्रधानाध्यापक भुपेन्द्र सिंहले बताउनुभयो । बिद्यालय उमेरका किशोर किशोरीहरु नै बढी कुलतमा फस्ने डर हुन्छ, उहाँले भन्नुभयो, बिद्यालयमा हुने यस्ता कार्यक्रम न्यूनिकरणका लागि प्रभावकारी हुनेछ ।