सुर्खेत २० भदाै ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले राजनीतिमा तनाव सिर्जना भएको जिकिर गर्नुभएकाे छ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले सत्ताबाट बाहिरिएको झोकमा प्रचण्डले श्रीलंका र बंगलादेशको उदाहरण दिएर मूलुकलाई त्यस तर्फ डोर्याउन खोजेको महासचिव पोख्रेललले जिकिर गर्नुभएकाे हाे । लोकतन्त्रमा प्रतिपक्ष जिम्मेवार बन्नुपर्ने तथा संसदीय मूल्य मान्यतालाई आत्मसाथ गर्नुपर्ने भन्दै महासचिव पोख्रेलले पछिल्लो समय संसदमा माओवादीे असंसदीय गतिविधि देखाइरहेको आरोप समेत लगाउनु भएकाे छ । लोकतन्त्रमा विधि र प्रक्रियाबाट मात्रै सरकार परिवर्तन हुने भन्दै महासचिव पोख्रेलले प्रतिपक्षले दलको नेताले बंगलादेश र श्रीलंकाको उदारण दिए त्यस दिशा तर्फ मूलुकलाई डोर्याउन खोज्नु गैरजिम्मेवार हुने बताउनुभयाे ।
मुलुकमा दुई दलीय प्रणाली नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि शक्तिशाली दुई दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले अन्य दल नै खोल्न नपाइने गलत भाष्य प्रचण्डले प्रयोग गरिरहेको बताउनुभयाे। एमाले–कांग्रेसले अघि सारेको संविधान संशोधन प्रचण्डले भने जस्तो परिवर्तन उल्ट्याउन नभई व्यवस्थालाई बलियो र सुदृढ बनाउन रहेको उहाँले दाबी गर्नुभयाे। प्रचण्डले जिम्मेवार प्रतिपक्षीको भूमिकासमेत निर्वाह गर्न नसकेको पोखरेलले आरोप छ ।