भेरीगंगा । विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्व २०२४ का अवशरमा आत्महत्या रोकथाम बारे संवाद शुरु गरौ, दृष्टिकोण बदलौ, भन्ने मुल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको सन्र्दभमा र्याली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जसमा सिसबएम ग्लोवल को आर्थिक सहयोग सिएमसी नेपाल र भेरीगंगा नगरपालिकाको साझेदारीमा संचालित केएमएचपी कार्यक्रम अन्र्तगत सिर्जनशिल मानसिक स्वस्थ्य स्वावलम्बन समुहको आयोजनामा भेरीगंगा नगरपालिकामा सम्पन्न भएको हो । जसमा र्याली कार्यक्रम नगरपालिकाको भवनदेखि बायाँ साइड हुदै सिम्ताली चौक हुदै छिन्चु बजार परिक्रमा गरी प्रहरी चौकीको बाटो हुदै नगरपालिका को हलमा गई कोणसभामा परिणत भएको थियो ।
जसमा सभाको सभाध्यक्ष स्वास्थ्य शाखाको उपसंयोजक अर्जुन चपाई ले गर्नु भएको थियो भने प्रमुख अतिथिको आतिथ्यता नगरउपप्रमुख धनसरा विकले गर्नु भएको थियो । र्याली पछि अन्र्तक्रिया कार्यक्रममा आत्महत्याको रोकथाम तथा आत्महत्याको विश्वव्यापिरुपमा वर्तमान अवस्थाको वारेमा सि .एम सी नेपालका मनोपरामर्श कर्ता दुर्गा गाहाले प्रस्तुतीकरण गर्नु भएको थियो ।
भेरीगंगा नगरपालिका र कर्णाली प्रदेशको वर्तमान अवस्थाको वारेमा प्रहरी द्धारा प्रस्तुतीकरण गरिएको थियो । सभाध्यक्ष चपाँईले कार्यक्रममा आत्महत्या रोकथामको लागी तपाई आफैबाट शुरु गरि र साथीलाई यो विषयमा जानकारी दिने र आत्महत्याको प्रयास गर्ने लाई बचाउन सक्ने विचार भनाई राख्नु भएको थियो भने प्रमुख अतिथि नगर उपप्रमुख बोहोराले समाजमा लागुऔषधको विगविगी भएको उल्लेख गर्दै यसका कारण पनी बालबालिकामा आत्महत्याको दर बढेका बताउनुभयो ।
यस्ता विषयमा सरोकारवालई जिम्मेवार बनाउनुका साथै आ आफ्नो तर्फबाट स्वास्थ जिवन विताउनको लागी लागी पर्ने विषयमा खुला छलफल गरिएको थियो । कार्यक्रममा १ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।