भेरीगंगा । पछिल्ला बर्षहरुमा हुने विभिन्न मानव सिर्जित तथा प्राकृतिक कारणले वातावरणमा असर परिरहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर ११ मा आयोजना गरिएको वातावरण र सुरक्षा सम्वन्धी २ दिने तालिमका सहभागिहरुले यस्तो बताएका हुन् ।
पछिल्ला केही बर्षहरुमा वातावरणीय प्रभावहरु बढ्दै गएको प्रति भेरीगंगाका नागरिकहरु चिन्तीत भएकै बेलामा यूएसएड, जलजंगल क्रियाकलाप अन्र्तगत सुर्खेतको भेरीगंगा नगरपालिकाका ११, १२, ४ र २ का २०० जना बढीले यस विषयमा जानकारी दिईएको थियो ।
विकासका नाममा जथाभावी बाटो, भ्युटावर, र अन्य विकासका पुर्वाधारहरु निर्माण गर्दै गर्दा मानव समुदायले वातावरण र यस संग जोडिएका सबै पक्षको एथोचित योजना निर्माण र कार्यन्वयनमा ध्याना नदिदा यस्तो समस्या आएको भेरीगंगा नगरपालिका वडा नं. ११, हिमालपोखरी टोल विकास संस्थाको अध्यक्ष विष्णा देवी आचार्यले बताईन् ।
हिमालहरु पग्लीनु र हिमरेखा माथी सर्नु, समुद्री सतह बढेर सामुद्रीक तटहरुमा रेहको देशहरुमा विभिन्न समस्या देखिनु र प्रत्येक दशकमा विभिन्न खालका प्राकृतिक विपदहरु देखा परेका छन् ।
वातावरण संरक्षण नहुदा जिन्दगीमा नदेखेको र नसुनेको सलह किराले मकैबालीमा असर गरेको, कोभिड १९ जस्ता महामारी फैलिएको, आदी समस्या भोग्नु परेको कुरा भेरीगंगा जेसिस वर्ष २०८१ का अध्यक्ष गणेश बहादुर वलीले बताए ।
नेपाल विकास उन्मूख राष्ट भएको र विकासका विभिन्न पुर्वाधारहरु निर्माण भईरहको अवस्थामा यो सही समयमा यस्ता वातावरण र सामाजिक सुरक्षाको विषयमा समुदायका नागरिकहरुलाई सचेतना प्रदान गर्न आवश्यक रहेको छ ।
वातावरणीय चिन्ता र चासो विश्वले गरिरहेको अवस्थामा सबै एकजुट भई वातावरण संरक्षणमा संलग्न हुन आवश्यक रहेको उल्लेख गर्दै
समुदायमा सचेतनाको लागि युएसएड जलजंगल परियोजनाले क्रियाकलापहरु संचालन गर्नु पर्ने भेरीगंगाा नगरपालिका ४, सुर्खेतका वडा अध्यक्ष गंगा बहादुर खत्रीले बताए ।
नेपालमा वातावरण र यसका असरहरुको बारेमा व्यापक रुपमा चर्चा परिचर्चा र ज्ञान, सीप तथा धारणाहरु पनि फरक फरक भएकाले वातावरणीय सुरक्षामा नेपाल सरकारका तिनै तहहरु जिम्मेवार भई भईरहेका विद्यमान ऐन कानून र राष्टिय तथा अन्तराष्टिय स्तरमा गरेको प्रतिवद्धताहरुको प्रभावकारी कार्यन्वयन हुन सकेमा वातावरणीय पक्षको सुधारमा टेवा पुग्ने देखिन्छ । कार्यक्रमका सहभागीहरुले दिनको ६ घण्टाका दरले २ दिनको १२ घण्टा, जलजगल परियोजना द्धारा तयार गरिएको ८ वटा सत्रहरुमा ज्ञान, सीप, धारणा र ऐन, कानून तथा परिभाषाहरुको बारेमा जानकारी पाएका थिए ।