सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ गाग्रेताल सुर्खेतमा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयको ५१ औं बार्षिक उत्सव उपलक्ष्यमा विभिन्न सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।
माध्यामिक तर्फको तिरको छात्रछात्रा तर्फ १००, २०० र ४०० मिटर दौड, लङ्गजम्प त्रिपलजम्प ज्याबलिङ, थ्रो, कवाडे, भलिबल का साथै शिक्षक्षक तर्फ स्लो बाइक रेस, घैटो फुटाइ यसैगरी आधारभूत तह तर्फ, बेलुन, फुटाई, कुर्चि दौड, चम्चा दौड हिसाब दौड, तातो आलु २०० मिटर दौड सम्पन्न भएको छ ।
यस्तै, अन्तर मावि स्तरीय उपत्यका ब्यापी हाजिरी जवाफ प्रतियोगीता पनी सम्पन्न भएको छ । वीरेन्द्रनगरका दशवटा बिद्यालयहरूको सहभागीता रहेको हाजिरी जवाफ प्रतियोगितार्मो बिद्यालय चन्द्रगंगा मा.बि. गाग्रेताल, प्रथम ब्राइटल्याण्ड एकेडेमी द्वितीय र अमर ज्योति नेवारे तृतीय भएका थिए ।
कर्णाली प्रदेश का माननिय मुख्य मन्त्रि यामलाल कंडेल को प्रमुख आथित्यमा उक्त ५१ औं वार्षिक उत्सवमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष घनश्याम कंडेल अध्यक्षतामा भएको थियो ।
उक्त कार्यक्रममा मुख्य मन्त्री यामलाल कडेलले बिद्यालयको उन्नती प्रगति प्रति खुशी ब्यक्त गर्दै आफ्नो तर्फ बाट पनि सकेको सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रममा कार्यक्रम सोहे विद्यालयका सहायक प्र.अ. धनिराम शर्माले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।