समय सापेक्ष संविधान संसोधन आवश्यक रहेको सत्ता पक्षिय दलहरुको दाबि

असोज २, सुर्खेत। नेपालको संविधान संसारको उत्कृष्ट भएपनि समय सापेक्ष संसोधन आवश्यक रहेको सत्ता पक्षिय दलहरुको दाबि रहेको छ ।

बुधबार आज कानुनी तथा सामाजिक विकास केन्द सुर्खेत द्धारा आयोजित संविधान संसोधन चर्चाकि आवश्यक्ता विषयक एक सार्वजनि बहस कार्यक्रम बोल्दै सत्ता पक्षिय दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधि नेता हरुले उक्त दावि गरेका हून ।

कर्णाली सरकारका उधोग पर्यटन वन तथा वातावरण मन्त्रि समेत रहनु भएका कांग्रेस नेता सुरेश अधिकारी र एमाले नेता टेकराज पछाँइ ले उक्त सार्वजनिक बहस कार्यक्रममा आफ्नो दलगत धारणा राख्दै संविधान संसोधनको आवश्यक्तामा जोड दिईएका हुन ।
भारत, ,अमेरीका जस्ता देशहरुको संवैधानीक अभ्यासको दृष्टान्त दिदै एमाले नेता टेकराज पछाँइले संविधान संसोधन अहिलेको आवश्यक्ता रहेकाले यस विषमा कुनैपनि खालको संशय राख्न नहुने धारणा ब्यक्त गर्नु भयो ।

बाईट १

 

उता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भने शासकहरुको अयोग्यता लाई संविधानको कमजोरी संग दाजेर संविधान संसोधन गर्न नमिल्ने दावि गरेको छ ।
संविधान दिवस विशेष कार्यक्र संञ्चानको दोस्रो दिन आज संविधान संसोधन चर्चाकि आवश्यक्ता विष्यक एक सार्वजनि बहस कार्यक्रम बोल्दे पूर्वमन्त्रि समेत रहनु भएका माओवादि नेता विन्दमान विष्टले शासकहरुको अयोग्यता लाई संविधानको कमजोरी संग दाजेर संविधान संसोधन गर्न नमिल्ने तर्क गर्नुभयो ।
बाईट २ .

 

सोहि कार्यक्रमका वक्ताका समेत रहनु भएका वरिष्ठ अधिवक्त भुषकुमार मान्नधरले राजनितिक दलहरु नेपालको संवैधानिक र कानुनि ब्यवस्था प्रति इमान्दार हुन नसकेकाले पनि संविधान संशोधनको प्रसंग उपयुक्त नभएको टिप्पणी गर्नु भएको थियो ।


प्रदेशकै ख्याति प्राप्त बरिष्ट कानु्विद मध्यपश्चिम विश्वविधलयका प्रध्यापक र कानुन संकायमा अध्यनरत विद्यार्थिहरु लगाएतका सहभागि हरुले राजनितिक दलहरुले देशमा अस्थिरता, कानुनि शाशनको हनन् र सत्ता स्वार्थमा केन्द्रित राजनिति गरेको भन्दै अव हुने भनिएको संविधान संसोधनको आवश्यक्त बारे प्रश्न समेत गरेका थिए ।