नवराज रोकाय,सुर्खेत, शिक्षा ऐन र शिक्षा निती प्रष्ट नभएका कारण राज्यका तिन तहका सरकारको एकमत हुन नसकेकाले शिक्षाको क्षेत्रमा कामगर्न कठिनाई भएको विरेन्द्रनगर नगरपालीकाका नगरप्रमुख मोहनमायाँ ढकाल बताउनु भएको छ ।
राष्ट्रिय शिक्षा दिवसको अबसरमा विरेन्द्रनगरपालीको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख ढकालले विद्यालयहरुले पछिल्लो समय शैक्षिक भबन निर्माणमा प्रतिस्पर्धा गरीरहेको भन्दै अबको समय भबन निर्माण नभई शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्नु पर्ने बताउनुभयो ।
ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता– साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ मनाईएको दिबसको कार्यक्रममा नगर प्रमुख ढकालले विरेन्द्रनगरका विद्यालयहरुमा SEE को नतिजा सन्तोषजनक नभएकाले शैक्षिक सुधारका लागी विद्यालय प्रशासन र शिक्षकहरुले बुदागत रुपमा सकरात्मक लिखीत सुझाब लिएर आयमा नगरपालीकाको पूर्णसहयोग रहने बताउनु भयो ।
सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो ।
संघीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिए अनुसार कार्यक्रमको आयोजना गरीएको आयोजकले बताएको छ ।
दिवसका सन्दर्भमा विरेन्द्रनगरपालीकामा रहेका १६ वटै वडा बाट सिफारीस भै आएका शिक्षक तथा शिक्षीका, अध्ययनरत दलित तथा जेहेन्दार छात्र तथा छात्रा, उत्कृट विद्यालय लगाएतका विभिन्न विद्यामा प्रथमहुने लाई पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरीएको थियो ।