देशका केही ठाउँमा समान्यदेखि मध्यम वर्षाको सम्भावना

असोज ६, काठमाण्डौ । आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । तर मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले दैनिक बुलेटिनमा उल्लेख गरेको छ ।
न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानी पर्ने सम्भावना रहन्छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ ।
भरे राति पहाडी भू–भागका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि रातिदेखि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।