असोज ११, सर्खेत । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्र र त्यसमा पनि पशु पालनबाट आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ यो आर्थिक बर्षको लागि विभिन्न कार्यक्रम अघि सारेको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपन्छी विकास निर्देशनालयले सबै पालिकामा सम्भावना अनुसार स्रोत केन्द्रको खोजी गरी त्यसको विकासमा जोड दिइएको जनाएको छ ।
पशुपन्छी विकास निर्देशनालय प्रमुख कृष्ण प्रसाद पंगेनीले बाहिरबाट आयात दर प्रतिस्थापन गर्न दूध, अण्डा तथा मासुमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्दश्यले पशुपंक्षी विकास निर्देशनालय, पशुपंक्षी विकास निर्देशनालय र जिल्लास्थित पशु पंक्षि विकास कार्यालयहरु मार्फत कृषकहरुलाई सिप र क्षमता विकासका तालिमहरु प्रदान गरिने बताउनुभयो ।
उहाँका अनूसार अहिले प्रदेश बाख्राको मासुमा आत्मनिर्भर छ ,भने साविक कर्णालीका ५ वटा जिल्ला बाहेक अन्य ५ जिल्ला दुधमा आत्मनिर्भर भएकर पनि बाहिर निकासी भइरहेको छ ।
नियमित कार्यक्रम र अनुदानमार्फत सरकारको ठूलो रकम लगानी भएपनि पशुपंक्षि पालनका क्षेत्र अहिले पनि परनिर्भर रहेको भन्दै निर्देशनालयले स्रोत केन्द्रको खोजीगरी, कृषकहरुलाई व्यावसायिक र प्रोत्साहित गर्ने खालका कार्यक्रमलाई जोड दिइएको प्रमुख पंगेनीले बताउनुभयो । प्रदेशभर भेडा बाख्रा, गाई भैंसी, घोडा, चौरी लगायतगरी करिब ४० लाख घरपालुवा पशु रहेको निर्देशनालयको अनुमानित तथ्यांक छ ।
आर्थिक स्थिति सुधार गर्न सहयोग पुग्ने प्रचुर संभावना क्षेत्र पशुपालन पनि हो । पछिल्लो समय कृषकहरु व्यवसायिक पशुपालनमा समेत आकर्षित भएपनि कृषकहरुले भने सरकारले पशु उपचार लगायतका सुविधाहरु पु¥याउन नसकेको गुनासो गर्दै आएका छन् ।