असोज ११, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालयले देशलाई चाहिने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने बताउनुभएको छ ।
आज शिव माध्यमिक विद्यालय धुलियाबिटको ४० औं वार्षिक उत्सव तथ अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विद्यालयले केवल सिकाउने मात्र नभएर देशलाई आवश्यक पर्ने योग्य र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने उल्लेख गर्नुभएको हो ।
आजको आवश्यकता भनेको प्रतिस्पर्धा गर्न योग्य शिक्षा सहित राम्रो संस्कार भएको जनशक्ति उत्पादन गर्नु हो । मुख्यमन्त्री कँडेलले हामीले दिने शिक्षामा असल संस्कारको कमी भएको भन्दै यस तर्फ अभिभावक र विद्यालय परिवारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रलाई समस्यालाई समाधान गर्न कर्णाली प्रदेश सरकार लागेको समेत बताउनुभयो । सरकारको कामलाई प्रभावकारी बनाउन शिक्षासँग सम्बन्धित सबै सरोकारवालले साथ दिनु पर्ने मुख्यमन्त्री कँडेलको भनाई छ ।