बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो, ६७ जना बेपत्ता

असोज १३, काठमाण्डौ । वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाको मृत्यु भएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच÷पाँच जनाको मृत्यु भएको छ ।
त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई÷दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक÷एक जनाको मृत्यु भएको पछिल्लो विवरण छ ।
प्रभावित क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।