असोज १३, काठमाण्डौ । दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ । सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।