सुर्खेत । जागरण एम.एम.को संचालक संस्था हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाकको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आज भएको साधारण सभामा संस्थाका सचिव लोक प्रशाद ढकाले बार्षीक प्रतिवेदन प्रस्तुत गर्दै आगामी निति तथा कार्यक्रमहरु का बारेमा जानकारी दिनु भएको थियो । एफएमले तिनै तहका सरकार संगको साझेदारीमा जनता संग जनप्रतिनिधी, टोलटोलमा जागरण, रेडियो शिक्षा शिक्षा जस्ता कार्यक्रमहरु संचालन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । समान उद्देश्य भएका संस्थाहरु संग समायोजन गर्न पहल गरिने बार्षीक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थीक बर्ष २०७९÷०८० मा ६४ लाख ९६ हजार ८ सय २१ रुपैँया आम्दानी र ६१ लाख लाख २४ हजार १ सय ७४ रुपैँया खर्च भएको संस्थाका सचिव लोक प्रशाद ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा जागरण एफएमका बजार प्रतिनिधी बिमला बौडेललाई सम्मान समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका जिल्ला समन्वय समिती सुर्खेतका प्रमुख गंगाराम सुनारले सहकारी स्थापनाको छोटो समयै संस्थाले शेयर सदस्य तथा अन्य नागरिकहरुको मन जित्न सफल भएको भन्दै आगामी दिनमा संस्थाको प्रगतिको कामना व्यक्त गर्नुभयो । जागरण एफएमले जनातालाई सत्य तथ्य सुचना प्रदान गरी नागरिकको सुचनाको हकलाई सुनिश्चित गर्दै आएको बताउँदै यस कार्यलाई निरन्तरता दिन सुझाव समेत दिनुभयो । संस्थाका अध्यक्ष पुर्ण प्रशाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गुराँस गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तथा जागरण एफएमका पुर्व स्टेशन म्यानेजर दिपेन्द्र ओली, जाजरण एफएमा पुर्व स्टेसन म्यानेजर कविन्द्र कुमार केसी, कबर खान लगाएत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।