भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

जागरण संबाददाता
सुर्खेत,३ कार्तिक ।
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइने मन्त्रालयले जनाएको छ ।
बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम कम गर्न बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै आएको छ ।
कार्तिक २ शुक्रबार बाट सुरुगरीएको कार्यक्रम अन्र्तगत आज शनीबार पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ ।
कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने मन्त्रालयले जनाएको छ ।
छ महिनादेखि पाँच वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु भएको हो ।