योजना छनौटलाई व्यवस्थित गर्न कानून बनाउने कर्णालीका मुख्यमन्त्री कंडेलको भनाई

कात्तिक ७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनु भएको छ ।
आज मुसिकोटमा आयोजित नेकपा (एमाले) कार्यकर्ता भेलालाई संवोधन गर्दे एमालेको स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कडेलले सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणालाई बदल्न नसके हाम्रो अवस्था पनि नबदलिने बताउनुभएको हो ।
योजना छनौटमा देखिएका समस्यालाई समाधान गर्न प्रदेश सरकारले योजना र्बैक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै मुख्यमन्त्री कडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो नेतृत्वको सरकारले रोक्ने दाबि गर्नुभयो । सरकारी योजना छनौट गर्दा जनताले राहत महशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कंडेललेको भनाई थियो ।
अब शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गईसकेको बताउदै मुख्यमन्त्री कडेलले बजेट ल्याईदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिनुभयो ।
सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आव्हान गर्नुभयो ।