कात्तिक ७, काठमाण्डौ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान लिनेक्रम जारी रहेको छ । आइतबार बयानका लागि लामिछानेलाई प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो ।
हिजो पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो । कार्तिक २ गते पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ परेका लामिछनेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।
लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । यस्तै सहकारी ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिएको छ ।
यसैबी, लामिछानेको बयान चल्दै गर्दा रास्वपाका नेता कार्यकर्ताहरुले सभापती रवि लामिछानेको बचाउमा प्रदर्शन गरिरहेका छन् ।