प्रदेश सरकार योजना परिवर्तनको पक्षमा छैन : मुख्यमन्त्री कंडेल


नवराज रोकाय
कार्तिक ९,सुर्खेत
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश सरकारले लिएको नीति तथा कार्यक्रम बजेट मार्फत अभिव्यक्त हुने भएकाले यो वर्ष बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने बताउनु भएको छ ।
मुख्यमन्त्री कँडेलले एउटा दलको सहकार्य हुँदा नीति बजेट ल्याएको र कार्यान्वयन गर्ने समयमा अर्को दलको सहकार्यमा सरकार सञ्चालन गरिरहेको भएतापनी अहिलेको सरकार योजना परीर्वतनको बाटोमा नभई चालु अबस्थामा रहेका योजनालाई समयमै प्रभाबकारी रुपले सम्पन्न गर्नका लागी कार्यान्वयनको पक्षमा लागेको बताउनुभयो ।
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले उक्त कुरा बताउनु भएको हो ।
रास्वपा सभापति लामिछानेको पक्राउको प्रसङ्गमा मुख्यमन्त्री कँडेलले संसदीय छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउँदै कानुनलाई सघाउन भन्दापनी निश्तेज र दबाबदिने तरीकाले अनुसन्धान लाई अतीरन्जीत गरीन खोजीनु गलत भएको धारणा समेत व्यक्त गर्नुभयो ।
यस्तै संस्थाको २५ र्औ वार्षिकोत्सवमा सहभागी रहनुुभएका कर्णाली प्रदेशका सामाजीक विकाश मन्त्री घनश्याम भण्डारीले किर्डाक नेपालले कर्णाली प्रदेशका ७९ वटै पालीकाको शिक्षा योजना ल्याउन लागेको बताउँदै भन्दै शिक्षा योजनालाई यो वर्षको नितीगत बजेट कार्ययोजनामा समाबेश गराई सामाजीक विकाश मन्त्रालयको तर्फबाट सहकार्य गरी प्रदेश सरकारको लगानी हुने वातावरण सिर्जनागर्न आफु लागी पर्ने बताउनु भयो ।
यस्तै कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले आफ्नो २५ औं वार्षिकोत्सवका अबसरमा शुक्रबार बिहान मंगलगढि चोक देखी पिपलचौतारी सम्म प्रभातफेरी कार्यक्रम समेत गरेको छ ।