सल्यानमा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो ः घाइते ७ जनाको उपचार चल्दै

कात्तिक १३, सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा हुँदा स्थानीयवासी १४ वर्षीय गोबर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ बर्षीया सिर्जना बस्नेतको मृत्यु भएको थियो ।
दुर्घटनामा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, संजीव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते हुनुहुन्छ । उहाँहरु सबैको कपुरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।