विरेन्द्रनगरमा युवालयद्वारा विशेष सांगीतिक कार्यक्रमको आयोजना ।


नवराज रोकाय सुर्खेत, कार्तिक २१

सुर्खेतको प्रमुख व्यापारिक केन्द्र विरेन्द्रनगरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरीने भएको छ ।
कार्तिक २२ गते बिहिबार दिउसो १ बजेबाट सुरु हुने साँगीतिक कार्यक्रम भने वीरेन्द्रनगरको सिटिहलको प्राङ्गणमा हुने आयोजकले आज एक कार्यक्रम मार्फत जानकारी गराएको हो ।

“युवासंगको हाम्रो सहयात्रा” भन्ने परियोजना अन्र्तगत युवालाई संगीत र संस्कृति मार्फत एकीकृत गर्दै उनीहरूको सृजनात्मक क्षमता प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको युवालय परियोजना संयोजक पुजा कार्किले बताउनुभयो ।

कार्यक्रममा स्थानीय दर्शकहरूका लागि प्रबेशको व्यवस्था भने निशुल्क गरिएको जानकारी गराउँदै युवालयले कर्णाली र सुदुरपश्चिमका विभिन्न पालीकाहरुमा युवा विकाश गतीविधि कार्यक्रम संचालन गरीरहेको पनि संयोजक कार्किले जानकारी गराउनुभयो ।

उहाँले यस कार्यक्रमले युवाहरूलाई सांगीतिक तथा सांस्कृतिक क्षेत्रतर्फ आकर्षित गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा चर्चित गायक, गायिका र स्थानीय प्रतिभाहरूको सांगीतिक प्रस्तुति रहनुका साथै, कर्णाली प्रदेशमा रहेका मौलीक नृत्य मारुनी, टप्पा, भm्याउरे, कौडा लगाएत भ्याली, कर्नाल, सहनाई, दमाहा लगाएतका पञ्चेबाजाका प्रस्तुतिहरू पनि समावेश गरिने भएको छ ।
कार्यक्रम कोरियाको YG Entertainment को आर्थिक सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल र युवालय ललितपुरको संयूक्त आयोजनामा हुन लागेको हो ।