कार्तिक २३, सुर्खेत । दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी रानिमत्तामा दुर्घटनामा परेको छ । दुर्घटनामा परेकाहरूको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारका अनुसार दुर्घटनामा परेका यात्रुहरूको उद्धार कार्य भइरहेको छ । अहिले १३ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल वीरेन्द्रनगर ल्याइएको छ ।