सुर्खेत–दैलेख सडकमा फोर्स गाडी दुर्घटना हुदा, चार जनाको मृत्यु, ३० घाइते,

कात्तिक २३, सुर्खेत । सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीषक एवम प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो । सनाखत हुन भने बाकी रहेको प्रवक्ता डाँगीले बताउनुभएको छ ।
उहाँका अनुसार दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते ३० जनाको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । ३४ जना सवार उक्त गाडी सडक भन्दा करिब दुई सय मिटर तल खसेको छ ।