कृष शर्मा ।
सुर्खेत,कात्तिक २५
कर्णालीका बालबालिकाको अधिकार संरक्षणमा सक्रिय संकल्प परियोजनाको कार्यअवधि सम्पन्न भएको छ ।
सन २०२२ को अगस्ट देखि कर्णालीका बालबालिकाको अधिकार संरक्षण र प्रर्वद्धनका लागि सक्रिय संकल्प परियोजनाको तिन वर्षे कार्य अवधि सन २०२४ को यहि नोभेम्बरमा सम्पन्न भएको हो ।
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश र सेभ द चिल्ड्रेन संगको साझेदारीमा संञ्चालित संकल्प परियोजना ले कर्णाली मा नागरीक समाज संस्थाहरुको विकास ,बालबालिकाहरुको एजेण्सी विकास, बाल अधिकारको संरक्षण र प्रर्वद्धन तथा नागरीक समाजको स्पेस विस्तारको क्षेत्रमा विशेष काम गर्दै आईरहेको थियो
।
यस परियोजनाले बालअधिकार संरक्षणका लागि दैशमै पहिलो पटक कर्णालीमा प्रदेश स्तरीय बाल क्लव सञ्जालको गठन ,बालबालिकाका सवाल हरुको प्राथामिकरण गरी सरोकारवाला निकायहरु विच निरन्तर वहस तथा पैरवि समेत गर्दै आईरहेको थियो ।
यसै सन्दर्भमा आईतबार आज एक औपचारीक कार्यक्रमकाविच संकल्प परियोजना समापन कार्यक्रम गरीएको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेस योजनाआयोगका सदस्य अशोक नाथ योगि ,सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमाल लगाएत समाजिक विकास मन्त्रालय ,राष्ट्रिय मानवअधिकार आयोग र कर्णाली प्रदेश बाल क्लव सहित अन्य नागरीक समाजका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कर्णालीका बालबालिकाहरुको अधिकार संरक्षणका क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले बाल अधिकारका क्षेत्रमा संकल्प परियोजनाले थालनि गरेका कामको चर्चा गर्दै परियोजना निरन्तरताको अपेक्षा समेत ब्यक्त गरेका छन ।