गाई भैंसीपालक किसानलाई तालिम


सुर्खेत,२७ ।
पशु पंक्षी विकास निर्देशनालय सुर्खेतले जिल्लाका व्यावसायिक पशुपालक किसानहरुलाई व्यवसाय प्रवद्र्धनका लागि तीन दिने तालिम दिएको छ । गाई भैंसी पालक किसानहरुलाई आहारा, दुद्य उत्पादन बृद्धि, सामान्य रोग नियन्त्रण बारेमा तालिममा सिकाइएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा जिल्लाभरबाट २२ जना किसानहरुको सहभागिता रहेको थियो । यही कात्र्तिक २५ गते आइतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन भएको थियो ।
यससँगै जिल्लाका विभिन्न क्षेत्रमा व्यवसायिक किसानहरुलाई छुट्टा छुट्टै दश वटा समूहमा तालिम सञ्चालन गर्ने निर्देशनालयको कार्यक्रम रहेको सूचना अधिकारी गिरीले जानकारी दिनुभएको छ ।