पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा

मंसिर ३, सुर्खेत
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएकोे छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गु?ङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाका पूर्व सभामुख ढुंगानाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ उनको पार्थिव शरीरको आज अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
साथै स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झण्डा झुकाउने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिह? त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुङ्गानाको परिवार स्रोतले जानकारी दिएको छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइसकेका छन । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।