जागरण संवाददाता ।
जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक प्रगति समीक्षा बैठक आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको समीक्षा बैठक मंसिर ६ गते विहीबारसम्म चल्नेछ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारको अध्यक्षता एंव कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गको प्रमुख आतिथ्यता सुरु भएको बैठकमा विशेष अतिथि राष्ट्रिय सभा सदस्य सुमित्रा वि सी र प्रदेश सभा सदस्यहरु खड्गबहादुर पोखरेल, बलिमाया बुढाको उपस्थितिमा उद्वघाटन गरी समीक्षा बैठकको शुभारम्भ गरिएको हो ।
बैठकको पहिलो दिन जिल्लास्थित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको प्रगति समीक्षा गरिएको छ । बैठकमा संघीय संस्थानहरु र प्रदेश अन्तर्गतका जिल्लास्थित कार्यालयहरु, संघीय कार्यालयहरु र परियोजनाहरु र स्थानीय तहहरुको आ.व. ०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गरिने छ ।