चिङ्गाड गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि लेकवेशीलाई


सुर्खेत, ४ मंसिर ।
सुर्खेतको चिङ्गाड गाउँपालिकामा आयोजना गरिएको प्रथम अध्यक्ष कप अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि लेकवेशी नगरपालिका सुर्खेतले हात पारेको छ ।
कात्तिक पूर्णिमाका अवसरमा परम्परागत रुपमा लाग्दै आएको ठाँटी मेलाका अवसरमा चिङ्गाड खेलकुद विकास समितिले भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । यही मंसिर १ गते देखि सुरु भएको भलिवल प्रतियोगिता आज सकिएको हो । फाइनल खेलमा उपाधि दाबेदार वनगाड नगरपालिका भने लेकवेशी नगरपालिकासँगको पराजयसँगै द्ववतीय भएको छ । आयोजक चिङ्गाड गाउँपालिले दैलेखको भगवतीमाई गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा प्रथम हुनेले ट्रफिसहित एक लाख ५५ हजार ५ सय ५५, द्वतीयले १ लाख ११ हजार १ सय ११ र तृतीयले ६५ हजार ५ सय ५५ रुपैँया प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापनसत्रमा चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द लगायतको सहभागिता रहेको थियो भने खेलकुद विकास समितिका संयोजक टोप बहादुर विसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको समितिका सदस्य अमर चन्दले जानकारी दिनुभयो ।