प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गर्नुभएको छ । सोमबार बिहान धरहराबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफिको अनावरण गर्नुभएको हो ।
कार्यक्रममा ओलीले ऐतिहासिकस्थल धरहराबाट अनावरणले खेलकुदमा जागर पैदा गराएको बताउनुभयो । उहाँले भने,’एनपीएलले धरहराले इतिहास र संस्कृतिलाई सघाउँछ । र एनपीएलले आगामी पुस्तालाई प्रेरणा जगाउँछ।’ ओलीले क्रिकेट युवा पुस्ताकोको गौरव बनेको धारणा राख्नुभएको छ ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए । उनले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताउनुभयो ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने भएका छन् । एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुनेछ ।