मंसिर १६, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने ल्हाँ मतदान केन्द्रमा २ सय ९३ मत खसेको छ । वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा अहिलेसम्म २ सय ९३ मत खसेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । जसमा पुरुषतर्फ १ सय ४२ र महिलातर्फ १ सय ५१ मत खसेको हो ।
मतदाता नआएपछि केहीबेरका लागि मतदान प्रक्रिया रोकिएको छ । यहाँ कूल मतदाता ३ सय ५३ रहेका छन् । आज बिहान ८ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।
वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री,नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेदबार रहेका छन् । यस पटकको उप निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ ।
अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको मृत्यु भएपछि रिक्त सोही पदका लागि उपनिर्वाचन भएको हो ।