मंसिर १७, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले चार हजार दुई सय ७२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ र एमालेकी सुनिता बोहराले दुई हजार पाँच सय ४२ मत ल्याउनुभयो । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो ।