अपांगता भएका व्यक्तिकाे आर्थिक सशक्तिकरणमा जाेड दिन्छौं – अध्यक्ष चन्द

सुर्खेत, १८ मंसिर ।

सुर्खेतकाे सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले अपांगता भएका व्यक्तिहरूलाई स्वराेजगारमूलक कार्यमा जाेड्ने बताउनुभएकाे छ ।
अपांगता भएका व्यक्तिहरूकाे ३३ औं अन्तराष्ट्रिय दिवसका अवसरमा आज गाउँपालिकामा आयाेजित सचेतनामूलक कार्यक्रममा अध्यक्ष चन्दले पालिकाका अपांगता भएका नागरिकहरूलाई अवस्थाहेरि स्वराेजगारमूलक कार्यमा जाेड्ने बताउनुभएकाे हाे । आर्थिक सशक्तिकरणबाट मात्र आत्मसम्मान र सहज जिवनयावन हुनसक्ने बताउँदै अध्यक्ष चन्दले अपांगता भएका व्यक्तिहरूकाे आर्थिक उपार्जनमा पालिकाले सहयाेग गर्ने बताउनुभयाे । उहाँले अपांगता भएका व्यक्तिहरूकाे विस्तृत तथ्यांक यसै बर्ष संकलनगरि आवश्यक याेजना तथा कार्यक्रम पेश गर्न पालिका अन्तर्गतकाे महिला बालबालिका तथा समाज कल्याण इकाईलाई निर्देशन दिनुभयाे । क बर्ग बाहेक अपांगता भएका व्यक्तिहरूलाई उनीहरूकाे चाहाना र अवस्था अनुसार उत्पादनमूलक एवं स्वराेजगारमूलक उद्यम संचालन गर्न इच्छुक अपांगता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम तथा व्यवसाय संचालनमा सहयाेग गर्ने गाउँपालिकाकाे याेजना रहेकाे पनि अध्यक्ष चन्दले बताउनुभयाे । यसै बर्षदेखि अपांगता भएका व्यक्तिहरूले उत्पादन गरेका कृषि वस्तुकाे बजारीकरणका लागि पालिकाले निशुल्क ढुवानी गरिदिने उहाँले बताउनुभयाे ।
अपांगता भएका व्यक्तिहरूकाे अन्तराष्ट्रिय दिवसका अवसरमा जामुनेबजारदेखि र्याली निकाली गाउँपालिकाकाे कार्यालय पुगेर छलफल गरिएकाे थियाे ।
हरेक बर्ष अंग्रेजी महिना डिसेम्बर ३ का दिन अन्तराष्ट्रिय अपांग दिवस मनाउने गरिएकाे छ । यस बर्षकाे नारा समावेशी तथा दिगाे पुर्वाधार अपांगता भएका व्यक्तिहरूकाे प्रवल नेतृत्व यसकाे आधार रहेकाे थियाे ।